Close sidebar

नयाँ वर्षमा सांगीतिक कार्यक्रम गर्दै होटेल कल्पतरु

२०८२ पुष १३ गते, आईतवार २०:१९

नेपालगन्ज । होटल कल्पतरु नेपालगन्जले सन् २०२५ लाई बिदाइ गर्दै अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांँगितिक उत्सव सहित स्वागत गर्ने भएको छ । पौष २६ गते बुधबार बेलुका ८ बजे होटलको हलमा विशेष समारोहका बिच साँगितिक कार्यक्रम गर्न लागिएको हो ।आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा होटलका जनरल म्यानेजर लक्ष्मण पन्थिले सांँगितिक कार्यक्रम पारिवारिक वातावरणमा गर्न लागिएको जानकारी दिए । पन्थिका अनुसार डिसेम्बर ३१ तारिखका दिन (बुधबार) बेलुका ८ बजेदेखि राती १२ बजेसम्म विशेष सांँगितिक कार्यक्रम सञ्चालन बताए ।

सांँगितिक प्रस्तुतिका लागि कलाकार अस्मिता अधिकारी, महेश काफ्ले र संचिता बुलाखे नेपालगन्ज आउने निश्चित भईसकेको होटलले जनाएको छ । उक्त कार्यक्रम अवलोकन गर्नका लागि करिव साढे ५ सय दर्शक उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ ।अंग्रेजी नयाँ वर्षमा नेपालगन्जका अन्य होटलमा हुने सांँगितिक कार्यक्रम भन्दा फरक होटेल कल्पतरु शैली र वातावरणमा कार्यक्रम हुने जनरल म्यानेजर पन्थिले जिकिर गरे । उनले ‘हाम्रो यहाँ एकदमै पारिवारीक वातावरण, भरपर्दो शान्ति सुरक्षा र थोरै शुल्क तिरेर पनि कार्यक्रमबाट दर्शकहरुले भरपुर्ण रुपमा मनोरञ्जन लिन पाउनु हुनेछ ।

कार्यक्रम अवलोकन गर्नका लागि सिङ्गल (एक जना) लाई १ हजार ८ सय र कपल (जोडी) लाई ३ हजार ५ सय रुपैयाँ तथा बालबालिकालाई एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । उक्त शुल्क तिरेपछि अनलिमिटेड स्न्याक्स, खाना, ड्रिंङ्स, कोल्ड ड्रिंङ्स लगायत खाने कुरा ब्यवस्था गरिएको होटलले जनाएको छ ।

चर्चित उद्घोषिका ममता थापाले सञ्चालन गर्ने कार्यक्रममा उपस्थित हुन नेपालगन्ज, कोहलपुर लगायत क्षेत्रका दर्शकहरुलाई चुले निम्तो दिइएको जनरल म्यानेजर पन्थीले बताए । होटलले विगतका वर्षदेखि नै अंग्रेजी नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम गर्दै आएको छ । ‘अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा गत वर्ष होटलले गरेको कार्यक्रम सोचेको भन्दा राम्रो भएको थियो, हामीले घाटा-नाफा हेर्ने भन्दापनि होटल कल्पतरुले आफ्ना ग्राहक र शुभचिन्तकलाई मनोरञ्जन प्रदान गर्नु मुख्य उद्देश्य हो, “उनले भने ।”नेपालगन्जको न्युरोडमा सञ्चालित उक्त होटलले चार तारे स्तरको मान्यता पाएको छ । पत्रकार सम्मेलनमा होटलका एचआर शिवानी गुप्ता लगायत विभिन्न विभागका प्रमुखहरु उपस्थित भएका थिए । ईस्वि सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले होटल कलपत्रुले गर्न लागेको नयाँ वर्ष विशेष कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया