Close sidebar

४ करोड बढि रकम हुण्डी कारोबारको आरोपमा जनमत पार्टीका नेता इरफान शेख पक्राउ

२०८२ पुष १२ गते, शनिबार ०१:४५

नेपालगन्ज । बाँके प्रहरीले हुण्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई शुक्रबार पक्राउ गरेको छ । पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङ जिल्लाको अमिलियाबाट नेता शेखलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका वडा नम्बर ६ सुब्बापुर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।

पातलीका अनुसार अनुसन्धानका क्रममा करिब ४ करोड ९२ लाख ८४ हजार २ सय ९६ रुपैयाँ बराबरको शंकास्पद हुण्डीमार्फत अवैध आर्थिक कारोबार देखिएको छ । केवाईसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबार बिच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुण्डी तथा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ)सँग सम्बन्धित हुनसक्ने आशंकामा थप छानबिन आवश्यक ठानिएको जनाएको छ ।

सोही मुद्दामा कोहलपुर नगरपालिका वडा नम्बर १४ का विष्णु खटिकसमेत संलग्न रहेको आशंकामा प्रहरीले समानान्तर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको टर्नओभर देखिएको र खातामा जम्मा हुने नगद रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवम् संस्थाहरूमा रकामान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया