Close sidebar

कोहलपुर महोत्सव आजबाट शुरु

२०८२ पुष ९ गते, बुधबार २२:०७

नेपालगञ्ज । कोहलपुर महोत्सव- २०८२ आजबाट सुरु भएको छ । बाँकेको कोहलपुरस्थित न्यूरोडमा सञ्चालित “कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी” कोहलपुर महोत्सव बुधबारदेखि सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले एक समारोहका बीच बत्ती बालेर महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् ।पौष १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा आफू लगायत महासंघका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै ढकालले महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताए ।

देशव्यापी रूपमा सञ्चालन हुने मेला–महोत्सवहरूले सम्बन्धित क्षेत्रको समग्र आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाई थियो । कोहलपुर जस्तो उदाउँदो सहरको आर्थिक विकास, लगानी वातावरण र उद्यमशीलता प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा पूर्वसंघीय मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । यस्तै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरे । त्यस्तै, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेन्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे । लुम्बिनी, कर्णाली र बागमती प्रदेशका उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूले अन्तर–प्रदेश व्यापारिक सम्बन्ध विस्तार र सहकार्यको आवश्यकता औँल्याएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया