Close sidebar

विपिन जोशी जीवित रहेको प्रमाण भेटिएन: इजरायली सेना

२०८२ आश्विन २७ गते, सोमबार २०:५८

काठमाडौं । दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले औपचारिक जानकारी गराएको छ । विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो कान्फ्रेस गरेर इजरायली सरकारले यो जानकारी दिएको इजराइलका लागि नेपाली राजदूत धन प्रसाद पण्डितले जानकारी दिएका हुन् ।

राजदुत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले बन्धकमध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको बताइएको छ । इजरायल र हमासबीच युद्धविराम भएपछि आजदेखि बन्धकहरू मुक्त गर्ने तयारी गरिएको छ । हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्सेस आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए । उनले भने, “केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा” नभए विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए ।

आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरायलमा राजदूत पण्डितलाई ग्रुप कलमा सहभागी गराएर इजरायली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन् । स्थानीय समयअनुसार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो । सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरायलमा भएको आक्रमणमा १० नेपालीसहित १ हजार २०० सय जनाको ज्यान गएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया