Close sidebar

नेपालगन्जस्थित जुवाखालबाट वरिष्ठ सईसहित १३ जुवाडे साढे १३ लाखबढी रकमसहित पक्राउ

२०८२ आश्विन २३ गते, बिहीबार १९:१५

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरु साढे १३ लाख बढी रुपैयाँसहित बाँक्रे प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीको निर्देशनमा गएराति करीब ११ बजेतिर प्रहरी निरीक्षक (इन्स्पेक्टर) यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले जुवाखालबाट नेपाल प्रहरीका वरिष्ठ सई रमेश शाहीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगन्ज-बाइपासस्थित मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र खोलिएका २ र नखोलिएका ८ गड्डी तास समेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

बाँके प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बिज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, बिनोद खड्‌का, मोहम्मद सफिक बेहना, संगम शाह, मधुसुधन दहाल, मेघराज गौतम, नेपाल प्रहरीका वरिष्ठ सई रमेश शाही, भागिरथ यादव, नन्दलाल यादब र सुमन केसी रहेका छन । स्थानीय श्रोतका अनुसार नेपालगन्ज-बसपार्कस्थित प्रहरी युनिटको संरक्षणमा उक्त जुवा सन्चालन गरिएको आरोप छ ।

पक्राउ परेका सबै जुवाडेहरुलाई थप जुवा ऐन कसुरमा अनुसन्धानका लागि बिहिवार म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय बाँके उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । – सच्चाइएको

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया