Close sidebar

नेपालगन्जमा फोहोर फालेको विषयमा विवाद हुँदा दुबैपक्ष बिच सहमति

२०८२ आश्विन २३ गते, बिहीबार ०५:०६

नेपालगन्ज । गएको शुक्रबार नवदुर्गा भवानीको मूर्ति विसर्जन गर्न लैजाने क्रममा फोहोर फालेको विषयलाई लिएर केही व्यक्तिको उच्छृखंल कार्यबाट उत्पन्न विवाद बाँके प्रहरीको सक्रियतामा समाधान भएको छ ।

नेपालगञ्जको फुल्टेक्रामा असोज १७ गते मूर्ति विसर्जन गर्न लैजाने क्रममा र्‍यालीमाथि फोहोर फालेको विषयमा उत्पन्न विवाद हुँदा दुई पक्षविच आज सहमति भएपछि विवाद टुँगिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विवादमा संलग्न फोहोर फाल्ने ब्यक्तिको पहिचान गरि असोज २१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको बताए । अनुसन्धान पछि मानवीय संवेदनशीलता र सन्तुलनका आधारमा पीडित पक्षले फोहोर फाल्ने ब्यक्तिले क्षमायाचना गरेपछि पीडित पक्षले भूलबस गल्ती भएको भन्दै कानुनी कारवाही नगर्न भनेपछि विवाद टुंगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले बताए ।

उनले दुईपक्ष बीच आपसी समझदारी गरेर मिलापत्र भएको छ । विवादमा एकजना महिला र ६ महिनाको शिशु समेत संलग्न भएकाले मानवीय दृष्टिकोणबाट समाधान गरिएको बताइएको छ । प्रहरीले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ ।

सूचना अधिकारी तथा डीएसपी दिपक पातलीले शान्ति, सद्भाव र सामाजिक सन्तुलनका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया