Close sidebar

अनुमति बिना जुलुस, प्रदर्शन र विरोध कार्यक्रम गर्न नपाउने : जिप्रका. बाँके

२०८२ आश्विन २३ गते, बिहीबार ०२:४८

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति बिना सभा, जुलुस र प्रदर्शनमा रोक लगाएको छ । अनुमति विना कुनैपनि प्रकारका सभा, जुलुस, प्रदर्शन र विरोध कार्यक्रम सञ्चालनमा समेत रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीले एक सूचना जारी प्रकाशित गरेर सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने उद्देश्यले असोज १८ गते बसेको सर्वपक्षीय बैठकबाट तपसिल बमोजिम निर्णय भएकोले सोको कार्यान्वयन नगर्न/नगराउन सामाजिक सद्भाभाव शान्ति र सुव्यवस्था कायम राख्न सबै पक्षलाई आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट पूर्व स्वीकृति वा अनुमति प्राप्त नगरी कुनैपनि प्रकारका जुलुस, प्रदर्शन वा विरोध कार्यक्रम आयोजना गर्न पाइने छैन ।”  त्यसको उल्लङ्घन गरी कार्यक्रम सञ्चालन गर्ने व्यक्तिले त्यसबाट उत्पन्न हुने सम्पूर्ण कानुनी जिम्मेवारी आफैंले वहन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया