Close sidebar

मूर्ति विसर्जन गर्न लैजाने क्रममा नेपालगन्जमा उच्छृखंल गतिविधी गर्ने व्यक्तिलाई कार्वाही गरिने

२०८२ आश्विन १८ गते, शनिबार १५:३६

नेपालगन्ज । नवदुर्गा भवानीको मूर्ति विसर्जन गर्न लैजाने क्रममा नेपालगन्जमा उच्छृखंल गतिविधी गर्ने व्यक्तिलाई कारवाही गरिने भएको छ । शुक्रबार नेपालगन्जको पिप्रहवा र फुल्टेक्रा सडक खण्डमा हिन्दु –मुस्लिम बीच भएको घटनामा उच्छृखंल क्रियाकलाप गर्ने व्यक्तीहरुलाई छानविन गरि कानुन बमोजिम कडा कार्वाही गरिने सहमती भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा शनिबार भएको सर्वपक्षीय छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुन बमोजिम कार्वाही गर्ने र कार्वाही प्रक्रियालाई सबैले सहयोग गर्ने, आपसी झै–झगडा, रिस–रागलाई हटाई धार्मिक सदभाव कायम गरि कुनै किसिमको उच्छृखंल क्रियाकलाप नगर्ने यदि कसैले त्यस्तो गरेमा तत्काल कार्वाही गरिने निर्णय भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले बताउनुभयो ।

एसपी जिसीका अनुसार जिल्लामा प्रहरी प्रशासनको स्वीकृती विना कुनै पनि कार्य नारा, जुलुस, सभा, सम्मेलन, र्याली लगायतका कार्यक्रम गर्न नपाउने र सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना सम्प्रेषण गर्नेलाई निगरानी गरि साईबर अपराधमार्फत कार्वाही गरिने छ । नेपालगन्जको अवस्था अहिले सामान्य रहेको छ, नगरका जोखिम स्थानहरुमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

बैठकले धार्मिक सद्भाव कायम गरि कुनै पनि उच्छृखंल क्रियाकलाप नगर्न सम्पुर्ण जिल्लाबासीलाई आग्रह गरेको छ । बैठकमा प्रहरी प्रशासन, विभिन्न धार्मिक अगुवा, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

केही उच्छृंखल गतिविधीमा सक्रिय व्यक्तीका कारण दुई समुह बीच झडप भएको बुझिएको छ । झडपमा प्रहरीसहित ३० जना घाइते भएको प्रहरी प्रमुख जिसीले बताउनुभयो । उहाँका अनुसार अन्य घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन भने अहिले ४ जनाको नेपालगन्जस्थित भेरी अस्पताल र नर्सिङ्गहोममा उपचार भईरहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया