Close sidebar

महासंघ बाँकेका वेबसाइट शुभारम्भ, प्रदेश अध्यक्ष चौलागाईंले गरे उद्घाटन

२०८२ आश्विन ९ गते, बिहीबार ०२:२९

नेपालगञ्ज पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो आधिकारिक वेबसाइट मंगलबार शुभारम्भ गरेको छ ।नजिकिँदै गरेको दशैं, तिहार र छठपर्वको अवसरमा चाडपर्व विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा महासंघले वेबसाइट शुभारम्भ गरेको हो । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाको अधिकारिक वेबसाइट उद्घाटन गरेका हुन ।कार्यक्रममा बोल्दै चौलागाईले बाँके शाखाले लुम्बिनी प्रदेशमै पहिलोपटक वेबसाइट शुभारम्भ गरेर अग्रणी भूमिका खेलेको उल्लेख गर्दै यसको निरन्तरता र नियमित अद्यावधिकमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले बाँके शाखा सदस्यता नवीकरण प्रक्रियामा समेत पहिलो रहेको बताउँदै पत्रकारितामा विश्वास जोगाइ राख्न पत्रकारहरु जिम्मेवार र कर्मशील हुनुपर्ने धारणा राखे ।

महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरुले चाडपर्वले सत्प्रेरणा र सकारात्मकता वृद्धि गर्ने विश्वास व्यक्त गर्दै समाजमा बढ्दो नकारात्मकताप्रति चिन्ता प्रकट गरेका थिए । अध्यक्ष गिरीले सञ्चालनमार्फत डिजिटलाइजेशनलाई प्रवर्द्धन गरिएको बताउँदै शाखाको आन्तरिक जीवन, गतिविधि र सदस्य विवरण डिजिटल र पारदर्शी बनाइने जानकारी दिए ।वेबसाइट डिजाइन तथा विकास गर्ने सफ्टवेयर कम्पनी डटवक्र्स टेक्नोलोजिजका प्रबन्ध निर्देशक अरशद कमल सिद्दिकीले वेबसाइटका फिचरबारे जानकारी दिँदै अझै केही डाटा अपडेट गर्ने काम भइरहेको जनाएका छन ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय प्रेम केसी र निरज गौतम, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँके अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँके अध्यक्ष लोकनाथ शर्मा, प्रेस संगठन बाँके सहसचिव सन्तोष विष्ट, क्रियाशील पत्रकार महिला बाँके उपाध्यक्ष विमला चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजना गरेको कार्यक्रममा बाँके शाखाका सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा सह–सचिव भगतराम थारुले स्वागत मन्तव्य राखेको थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया