Close sidebar

बरामद गरिएको दुई हजार गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरी भएको खुलासा

२०८२ आश्विन ८ गते, बुधबार २३:५२

नेपालगन्ज । चोरी गर्न आएका चोरमध्ये एक भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएर खानतलासी गर्दा बरामद गरिएको दुई हजार गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरी भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक पातलीले गोलीका खोका औद्योगिक क्षेत्रबाट चोरिएको खुलासा गरे पनि कुन औद्योगिक क्षेत्र भन्ने खुलेको छैन । यो विषयमा प्रहरीले आफ्नो तरिकाले अनुसन्धान गरिरहेको छ, त्यसैले अहिले नै सबै कुरा खोल्न नमिल्ने डिएसपी पातलीले बताए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर – ३ स्थित एकलैनीमा शुक्रबार राति चोरी गर्ने धम्कीसहितको पर्चा टाँसेर शनिबार राति चोरी गर्न आएका चोरमध्ये एक जना भारतीय नागरिकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।

नियन्त्रणमा लिएर खानतलासी गर्दा बोरामा दुई हजार ९७ वटा गोलीका खोका र केही औजार भेटिएको वडा नम्बर ३ का वडाअध्यक्ष अय्युब सिद्दिकीले बताएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया