मो. अरशद शेष राई✍️
नेपालगन्ज । दसैँंका बेला विगत डेढ सय वर्षदेखि नेपालगञ्जमा हुँदै आएको ऐतिहासिक रामलीला मञ्चन यस वर्ष स्थगित गरिएको छ ।
जेनजी आन्दोलनका कारण अझै पनि नेपालगन्जमा रातिको समयमा निषेधाज्ञा जारी रहेकाले शान्तिसुरक्षा लगायतको अवस्थालाई मध्यनजर गरेर यस वर्ष रामलीला स्थगित गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले बताउनुभयो ।
सन् १९२५ देखि नेपालगन्जको स्थानीय रामलीला मैदानमा हुँदैआएको रामलीला मञ्चन यसअघि कोभिड १९ महामारीका कारण पनि दुई वर्ष नेपालगञ्जमा देखाइएको थिएन ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने रामलीला दसैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको हरेक साँझ ७ बजेदेखि राति १२ बजेसम्म नेपालगन्जको बाँकेगाउँस्थित रामलिला मैदानमा रामलिला मञ्चन गरिँदै आएको थियो ।
रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभराज्याभिषेक आदि मञ्चन हुने गर्दछ । रामलीलाका कारण रातिको समयमा नेपालगन्जमा मानिसको चहलपहल हुँदैआएको थियोे ।


