Close sidebar

प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका सामग्री तत्काल फिर्ता बुझाउन सर्वसाधारणलाई प्रहरीको अनुरोध

२०८२ भाद्र २९ गते, आईतवार ०१:५९

नेपालगंज । नेपाल प्रहरीले हालै भएको जेनजी प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका सामग्री तत्काल फिर्ता बुझाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । भदौ २३ र २४ गते प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण लगायतका सामग्री तत्काल फिर्ता बुझाउन सर्वसाधारणलाई अनुरोध गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक पातलीले शनिवार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सरकारी तथा गैरसरकारी एवं निजी संघ-संस्था समेतको सवारीसाधन र दस्तावेज वा अन्य सामाग्री नियन्त्रणमा लिइएका अथवा कतै फेला परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल बुझाउन विज्ञप्ति मार्फत अनुरोध गरेको छ । सो विज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय बाँकेले कार्यालयको सम्पर्क नम्बर ९८५८०९०११० / ९८५८०९०९५५ मा जानकारी गराउन अनुरोध गरेको हो ।

यस्तै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरी पोशाक वा अन्य सामग्री कुनै पनि अवस्थामा दुरुपयोग नगर्न गराउन सर्वसाधारणलाई सचेत गराइएको छ । साथै, यस्ता पोशाक वा उपकरणको प्रयोगबारे कुनै जानकारी भएमा सो सम्बन्धी सूचना तुरुन्तै प्रहरीलाई उपलब्ध गराउन अपिल गरिएको छ । प्रहरीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, सुरक्षाकर्मीको उपकरण र पोशाक दुरुपयोगमा जाने आशङ्का व्यक्त गर्दै नागरिकबाट सक्रिय सहयोगको अपेक्षा गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया