वीरगञ्ज । जेन-जी आन्दोलनको क्रममा काठमाडौँमा शहादत प्राप्त गरेका वीरगञ्ज – १२ मुर्ली निवासी २२ वर्षीय अहसाब आलमको आज आफ्नै गाउँमा अन्त्येष्टि गरिएको छ ।
शनिबार विहान करीब १० बजेतिर मुर्ली पोखरी छेउको स्थानीय कब्रस्तानमा मुस्लिम परम्परा अनुसार आलमको अन्त्येष्टि गरिएको हो ।
मृतक आलमको पार्थिक शरीर (जनाजा)मा हजारौँ मानिसहरु उपस्थित भई नमाज–ए जनाजा पढी दुआ–ए मग्फिरत (प्रार्थना) गरेका थिए । उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न परिवार, नातेदार, साथीभाई र गाउँले लगायतले दु:ख र संवेदनाले भरिएको वातावरणमा अन्तिम विदाई दिएका थिए ।
यस दुःखद घडीमा अल्लाह तआलाले शहीद अहसाब आलमलाई जन्नतुल फिरदौस अता गरुन् र शोकसन्तप्त परिवारलाई सब्र गर्ने ताकत अता गरुन् भन्ने शक्ति मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार अल्लाहसंग दुआ गर्दछ ।



