काठमाडौँ । पुर्व–प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो ।
आवश्यकताको सिद्धान्त अनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले जानकारी दिएका हुन । उनका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइने बताइएको छ ।
उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधान सेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेन-जी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिक दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए । सोही छलफलमा पूर्व-प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ ।
यसअघि नै जेनजी प्रतिनिधिहरूको प्रस्ताव काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’को समर्थनमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए ।


