रिजवान मिर्जा✍️
मुस्लिम समुदायको चाडपर्व मध्ये इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही व-सल्लमको जन्माेत्सव पनि एक महत्त्वपुर्ण र विशेष मानिन्छ । इस्लाम धर्मकाे प्रमुख ग्रन्थ कुरआन -ए पाक हाे । जसलाई माेहम्मद सल्लल्लाहु अलैही व-सल्लमलाई दिएकाे छ । यस्तो महत्त्वपुर्ण र विशेषमा पर्वमा सार्वजनिक बिदा नदिएर मुस्लिमहरुलाई अपेक्षा गरिएको प्रष्ट हुन जान्छ ।
नेपालकाे संविधानमा कुनै समुदायलाई तल माथि नगरि समानरूपले अधिकार र सेवा सुविधा दिनुपर्ने छ, भनी व्यवस्था हुँदा हुँदै आज मुस्लिमलाई मात्र बिदा भन्ने सुचना हेर्दा किन हाे सरकारको ध्यानाकर्षण हुन् नसकेकाे कि मुस्लिमलाई मात्र बिदा भएर कुनै काम कार्वाही स्थागित हुँदैन, बाध्य भएर जानै पर्ने अवस्था हुन्छ । सार्वजनिक बिदा भएको खण्डमा मुस्लिम बाहेकका समुदायले पनि मुस्लिमका चाडपर्व, रितिरिवाज र सँस्कृतिकाे बारेामा जानकारी पाउँथे हाेला । यसबाट एक आपसमा सहिष्णुता भाइचारा काे झन् अटुट अवसर पाइन्थ्यो ।
सरकार र सत्ता शासनमा बसेका शिर्ष नेताहरु मुस्लिम अगुवा भन्न रुचाउने मुस्लिमहरु अझ त्योभन्दा बढि त विभिन्न राजनीतिक दलहरुकाे भातृ सँगठनका रुपमा रहने मुस्लिम फर्महरु अझ त्योभन्दा भन्दा पनि मुस्लिम समुदायको हक अधिकार, सँस्कृति जाेगाउन, मुस्लिमकाे सबै अधिकारकाे बारेमा बोल्ने राजनीति दल, सरकारसँग सहकार्य गरि माँगहरु सम्बाेधन गराउनु पर्ने जिम्मेवारी पाएका मुस्लिम आयाेगले समेत यस बारेमा आवाज न उठाई केवल सदस्य राख्ने निकाल्ने, अनावश्यक काम नलाग्ने खालका बुँदाहरुका मस्यौदा बनाउने जस्ता कार्यमा मात्र सिमित रहेकाे छ ।
पटक पटक मुस्लिमहरुकाे जायज कुराकाे बारेमा सम्बाेधन नहुनु, मुस्लिम उत्थानकाे कुरा नगर्नु, मुस्लिमहरुलाई नेपाल भरि मान-सम्मानका साथ बस्न र बाच्न पाउने कुराकाे पहल गर्न नसकने भए राजिनामा दिनुस, यस्तो आयाेगबाट मुस्लिमकाे नाम राख्ने मुस्लिम आयाेग किन चाहियो ?



