मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका बेलहरीको गुरुवागाउँ वडा नम्बर-५ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आज दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना साटासाट गरेर बुधबार दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले तीजलाई सभ्य र मर्यादित बनाउन आग्रह गरे । यस्तै विद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले वर्षभरीका सबै दुःख भुलेर आगामी जीवनलाई सुखमय बनाउन र नेपाली संस्कृतिको जगेर्ना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
तीजको अवसर पारेर गरिएको सो कार्यक्रममा आधा दर्जन बढी व्यक्तिलाई सम्मान समेत गरिएको छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई विद्यालयको प्रधानाध्यापक शर्माले गम्छा, टीका लगाएर सम्मान गरिएको हो ।
यसैगरी सम्मानित हुनेमा पालिकाको भर्खरै जिम्मेवारी संभालनु भएका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वडा नम्बर ५ का वडाध्यक्ष टिकानाथ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबर अली मनिहार, न्युज फ्ल्यास खबर डटकमका समाचार संयोजक मो. ताहिर शेष राई (साहिल), जिल्ला समुन्वय इकाईका सदस्य जुल्फिकार मनिहार, शिक्षक मुनीर खान लगायत रहेका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अकबर अली मनिहारको सभापतित्व र पालिका अध्यक्ष खाँको प्रमुख अतिथीमा भएको कार्यक्रममा शिक्षक र कर्मचारी गरि करीब २५ जना भन्दा बढीको सहभागिता रहेका थियोे ।




