Close sidebar

बाँके जिल्ला अदालतका माननीय न्यायाधीशहरुको विदाई

२०८२ भाद्र ३ गते, मंगलवार ०१:२४

रिजवान मिर्जा✍️
नेपालगन्ज । बाँके जिल्ला अदालतमा आफ्नो सफलता पूर्वक कार्यकाल पूरा गरी अन्य जिल्लामा सरुवा भई जान लाग्नुभएका माननीय न्यायाधीशहरुलाई आइतबार विदाई गरिएको छ ।

बाँके जिल्ला अदालत बार एशोसिएशनले विदाई समारोहको आयोजना गरि माननीय न्यायाधीशहरु भिष्मराज प्रसाईं, इन्द्र बहादुर कठायत र रामाकान्त यादवलाई गम्छा, टीका र मायाको चिनो दिएर विदाई गरिएको हो ।

विदाई समारोहमा सहभागीहरुले नयाँ कार्यथलोमा जान लाग्नुभएका माननीय न्यायाधीशहरुको अगामी कार्यकाल सफल, सबल र शुभ रहोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

बाँके जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष मेहरसिंह खत्रीको अध्यक्षतामा सम्पन्न विदाई समारोहमा बाँके जिल्ला अदालतका माननीय न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र अधिवक्ताहरु लगायतको उपस्थिति रहेको थियोे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया