Close sidebar

लुम्बिनी कपमा विभागीयसहित ८ टिम सहभागी हुने, विजेतालाई पाँच लाख र उपविजेतालाई अढाई लाख पुरस्कार

२०८१ चैत्र २८ गते, बिहीबार ००:३३

नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टिम सहभागी हुने भएका छन । आयोजक अन्तरालले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिष्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

बाँके जिल्ला फुटबल संघको सहकार्यमा सन्चालन हुने प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजक अन्तरालका कार्यकारी निर्देशक शाहले बताए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे उनले यो प्रतियोगितापछि नियमित फुटबल प्रशिक्षण गर्ने तथा रंगशालाको भौतिक पूर्वाधार मर्मत सम्हारमा पनि सहयोग जुट्ने बताए ।

प्रतियोगिता हेर्नको लागि सिजनल फुल प्याकेज १५ सयको टिकट ब्यबस्था गरिएको छ । साथै विद्यार्थीका लागि सहुलियतको पनि ब्यबस्था गरिएको आयोजकले जनाएको छ । ‘खेल हेर्नको लागि भिआइपी प्यारापिट र नर्मल प्यारापिट अनुसार टिकटको ब्यवस्था गरिएको छ,’ शाहले भने । लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशी अहिलेसम्मकै ठूलो भएको आयोजकको दाबी छ । नेपालगन्ज रंगशालामा आगामी बैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने फुटबलकर्मीले विश्वास लिएको छन् । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले पश्चिम नेपालमा महिला फुटबल खेलाडी उत्पादनमा लुम्बिनी कप महिला फुटबलले सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक निरज गौतमले स्वागत गरेको कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जका कार्यालय प्रमुख महेश चन्द, अखिल नेपाल फुटबल संघका निवर्तमान केन्द्रिय सदस्य प्रदेश सिंह राठौर, अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोबर्धन सिंह सम्झना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रतियोगिता आयोजनाको लागि विभिन्न क्षेत्रमा सहकार्य गर्ने निकायहरुसँग सम्झौता-पत्र आदानप्रदान गरिएको थियो । जस अनुसार टिकट पार्टनर इ-सेवा नेपालगञ्ज शाखाका म्यानेजर महेन्द्र रानालाई सचिवालय प्रमुख रमेश मल्लले सम्झौता-पत्र हस्तान्तरण गरे । हस्पिटालिटी पार्टनर होटल सिटी प्यालेसका सञ्चालक दुर्गानाथ अर्याललाई प्रतियोगिता समन्वय तथा परिचालन उपसमिति संयोजक तेज विक्रम शाहले फाइल हस्तान्तरण गरे ।

अफिसियल फिजियो पार्टनर मनमाया मेमोरियल फिजियोथेरापि सेन्टरका डा. खेमा भण्डारीलाई प्रतियोगिताका पब्लिक रिलेसन म्यानेजर चाहना शाह र सेक्युरिटी पार्टनर रक्षक सेक्युरिटीका सुपरभाइजर निम खत्रीलाई प्रतियोगिताका प्रचार-प्रसार उपसमिति संयोजक गौतम तथा प्रत्यक्ष प्रसारणको लागि खेलाडी डटकम लुम्बिनी प्रदेश ब्युरो प्रमुख कमल खत्रीलाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्य बिनोद मैनालीले सम्झौता-पत्र हस्तान्तरण गर्नु भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया