नेपालगन्ज । छतबाट खसेर एक नाबालकको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहनपुर्वास्थित अनवर अन्सारी (मन्नी)का ४ वर्षीय छोरा हमजा अन्सारीको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो करीब १२ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको नेपालगन्जस्थित मेडिकल कालेज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको छ ।
छतमा खेलिरहने क्रममा छतबाट खसेको स्थानीय पप्पु सिद्दीकीले देखेपछि गम्भीर घाइते भएका नाबालकलाई उपचारका लागि भेरी अस्पताल लगिए पनि त्यहीँ उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कालेज नर्सिङ होम पुर्याएको स्थानीय चुन्ना सिद्दीकीले बताए ।
पारिवारिक स्रोतका अनुसार मृतक हमजाको अन्तिम संस्कार (मिट्टी) आजै साँझ करीब ६ बजेतिर बाद नमाज–ए मगरीब नेपालगन्जको घोसीटोल–४ स्थित स्थानीय कब्रस्तानमा गरिने बताएको छ ।
