Close sidebar

फेरियो नाम मेटियो नेपालगन्ज मेडिकल कलेजको ‘अस्तित्व’

२०८१ पुष १६ गते, मंगलवार ०५:०९

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजको नाम फेरेर ‘अस्तित्व’ मेटाइएको छ । नेपालगन्जको विपी चोकस्थित सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजको नाम फेरेर ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि’ कायम गरेपछि ‘अस्तित्व’ मेटाइएको हो ।

अस्पतालको मुख्य गेटमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लेखिएको साईन बोर्ड समेत फेरिएको छ । सोमबार बेलुका अस्पतालको मुख्य गेटमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. लेखिएको साईन बोर्ड झुण्ड्याइएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सञ्जीवनी कलेज पहिले बुटवलमा सञ्चालनमा थियो । गत साउनमा नेपालगन्ज हस्पिटल एन्ड रिसर्च ट्रेनिङ सेन्टरसँग मर्ज भएपछि यो कलेज बुटवलबाट नेपालगन्जमा स्थानान्तरण गरिएको हो ।

झण्डै तीन दशकदेखि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा नेपालगन्ज मेडिकल कलेज सञ्चालनमा रहेको थियो । कलेजले नेपालगन्ज र कोहलपुरमा शिक्षण अस्पताल समेत सञ्चालनमा ल्याएको थियो ।

साविक मेडिकल कलेजका कर्मचारीहरु तलब बृद्धि लगायत विभिन्न माग राखेर करीब ३ सातादेखि आन्दोलनमा छन । कर्मचारी र कलेज ब्यवस्थापन बीचको विवाद अदालतसम्म समेत पुगेको छ । पटक–पटक बसेको बार्ता र छलफल निस्कर्ष विहिन बन्न पुगेपछि विवाद अदालत समक्ष पुगेको हो ।

कलेजमा नयाँ व्यवस्थापन फेरिएको करीब ८ महिनापछि ‘अस्तित्व’ मेटाइएको छ । तत्कालिन प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले जिम्मेवारी छाडेर सञ्चालक सदस्यमा बसेपछि विगत ८ महिनायता डा. खुमाप्रसाद अर्यालले नेतृत्व गरिरहेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया