नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको ५७ औं स्थापना दिवसको अवसरमा आज नेपाल पत्रकार महासंघका नवनिर्वाचित पत्रकारहरुलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ । संघले बुधबार नेपालगन्जमा आयोजित सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश, बाँकेका पदाधिकारी, सदस्य, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरूलाई सम्मान गरेको हो ।
संघका अध्यक्ष टंक धामी, प्रथम उपाध्यक्ष चिरञ्जीवी वली, महिला उपाध्यक्ष मन्दिरा पान्डे, पुर्वअध्यक्षहरु कृष्णप्रसाद प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, उपमहासचिव टेक बहादुर खड्का र कोषाअध्यक्ष मख्खन धामीले नवनिर्वाचित पत्रकारहरुलाई फूलको माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । 
सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, सचिवद्वय गोबिन्द शर्मा, सरला सुवेदी र सदस्य निर्मल आर्चाय रहेका थिए, भने जिल्ला तर्फ नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, सह-सचिवद्वय रविन्द सिंह ठकुरी, भगतराम थारू, सदस्यहरु सलामत अलि शेष, सम्भू थारु र रबिन्द घिमिरे रहेका थिए ।
त्यस्तै प्रदेश परिषद सदस्यहरुतर्फ दिल बहादुर (प्रिया स्मृति ढकाल), मो. अरशद शेष राई, गौरब गिरी, मधु पौडेल र दिनेश ठाकुर रहेका छन, भने केन्द्रीय परिषद सदस्यहरुमा प्रेम केसी, खम्ब पुन, बिष्णु बेल्वासे लगायत सम्मानित भएका थिए ।
यसैबीच नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरुको योगदानलाई विर्सिन नहुने बताउँदै पुर्वअध्यक्षहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, स्वर्गीय दामोदर आर्चाय श्रीमतीलाई संघका अध्यक्ष टंक धामी लगायत कार्यसमितिले माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
संघका अध्यक्ष टंक धामीको सभापतित्वमा भएको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जिबी वलीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघका पुर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले नेपालगन्ज व्यापार बाणिज्य संघले लोकतन्त्र स्थापना गर्ने ठुलो भुमिका रहेको बताउँदै यस क्षेत्रको व्यापारी वर्गको हकहित लागि रहेको आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
