Close sidebar

जानकीमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, ब्राइट स्टार प्रथम ( फोटो फिचर)

२०८१ पुष १० गते, बुधबार २१:५६

ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड छनौट तथा पालिका स्तरीय अन्तर विद्यालय ७औं अध्यक्ष कप खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा मानपुरले आयोजना गरेको प्रतियोगिता नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा बुधबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँले विवादका कारण प्रतियोगिता समापनमा एक दिन ढिलाई भएपनि छलफलबाट समस्याको समाधान निकालेको बताउनुभयो । उहाँले आउने बर्षमा विद्यालय भन्दा बाहिरका छात्र-छात्रालाई प्रतियोगितमा सहभागी गराइएको पाइएमा शिक्षा नियामावली अनुसार कडा कारवाही गर्ने चेतावनी दिए । अध्यक्ष खाँले उत्कृष्ट भएका विद्यालयलाई बधाई समेत दिनुभयो ।

यहीँ पुष ७ गते आइतबारदेखि सुरु भएको प्रतियोगितामा ब्राइट स्टार इङ्गलिस मिडियम स्कुल प्रथम पुरस्कार उचालन सफल भएको छ भने जानकी मावि, खजुराले दोस्रो स्थान हात पारेको छ । त्यस्तै शिवपुरी मावि, शिवपुरीले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले स्वागत मन्तव्य राखेकी कार्यक्रममा पालिका उपाध्यक्ष रामप्यारी यादव, पालिका प्रवक्ता एवं वडाअध्यक्ष टिकानाथ यादव, सामाजिक विकास संयोजक रामअचल धोबी, वडा नं.३ का अध्यक्ष राजकुमार वर्मा, कार्यपालिका सदस्य निर्मला हरिजन, कान्ति काँदु, ५ का वडा सदस्य मो. सरीफ खाँ, शिक्षा युवा तथा खेलकुद शाखाकि प्राविधिक सहायक झुमी कुमारी ओली, श्री नेराप्रावि गुरुवागाउँका प्रधानाध्यापक संध्या शर्मा, श्री मावि जोगागाउँका प्रअ जीतबहादुर वर्मा, संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया