Close sidebar

जानकीमा राष्ट्रपति रनिङ शिल्ड आजबाट शुरु

२०८१ पुष ७ गते, आईतवार २०:२४

मो. ताहिर शेष राई (साहिल)
मानपुर । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड तथा ७औं विद्यालय स्तरीय अध्यक्ष कप प्रतियोगिता आजबाट शुरु भएको छ । बाँकेको जानकी गाउँपालिकास्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुरको खेलमैदानमा आइतबारदेखि शुरु भएको हो ।जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजनामा पुष ७ गतेदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन जिल्ला समुन्वय समितीका सभापति ज्ञानेन्द्र चौधरी र पालिका अध्यक्ष छब्बन खाँले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियोे ।उद्घाटन समारोहमा बोल्दै जिल्ला विकास समिती बाँकेका सभापति चौधरीले पढ्ने र खेल्ने उमेरमा अहिले धेरै विद्यार्थीले नशा सेवन गरिरहेको अबस्था रहेको बताउँदै कुलत छाडेर पढाई र खेलकुदमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले जानकी गाउँपालिकामा विद्यालयहरुको नतिजा राम्रो नआएकाले अभिभावकहरु पनि सचेत हुनुपर्ने बताए ।गाउँपालिका अध्यक्ष खाँले शिक्षा र खेलकुद विकासको लागि गाउँपालिकाबाट हुने सहयोगमा कुनै पनि कसर नराख्ने बताउनुभयो । उद्घाटनमा शिक्षा युवा तथा खेलकुद शाखा मानपुरकि प्रमुख कृष्णा कुमारी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सभाध्यक्ष खाँलाई विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास गर्दै सलामी अर्पण गरेका थिए ।जानकी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको प्रतियोगितामा पालिका अन्तर्गतका रहेका ३९ वटा विद्यालय मध्ये ११ वटा विद्यालय सहभागी प्रतियोगिताको पहिलो दिन दुई समूहमा छात्रहरुको भलिबल खेलमा मावि बन्जारेगाउँ र ब्राइटस्टार इंग्लिस स्कुल विजेता भएका छन् । यस्तै छात्राहरुको कवड्डीतर्फ समूहमा मावि भटनपुरवा, ब्राइटस्टार, शिवपुरी मावि र जानकी मावि विजेता भएका छन् । प्रतियोगिता पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।कार्यक्रममा नेपाली काँग्रेसका सभापति नारायण गौडेल, नेपाली काँग्रेसका पुर्वसभापति किरण कोइराला, नेपाली काँग्रेस महासमिति सदस्य बाँकेका सदस्य लक्ष्मी नारायण शाह, मदरसा व्यवस्थापन समिती लुम्बिनी प्रदेशका सभापति नक्की खाँ, गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, वडा नम्बर १ का अध्यक्ष युनुस राई (रजा), वडा नम्बर ३ का अध्यक्ष राजकुमार वर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष एवं प्रवक्ता टिकानाथ यादव, सामाजिक विकास समितिका संयोजक रामअचल धोवी, विपद तथा वातावरण व्यवस्थापन समितीका संयोजक राजेन्द्र सिंह, समाजसेवी पदम धिताल, जानकी गाउँपालिकाका पुर्वअध्यक्ष भुमिसरा धिताल, विभिन्न शाखा प्रमुखहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक / कर्मचारी, विद्यार्थी, पत्रकारलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया