
रिजवान मिर्जा✍️
नेपालगन्ज । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको चाैथाे साधारणसभा तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ । नेपालगन्जस्थित साेनाखरी रेस्टुरेन्टमा शनिबार साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गाेपाल कृष्ण घिमिरेको प्रमुख अतिथि र नेपाल सरकारको पुर्व कानुन मन्त्री वरिष्ठ अधिवक्ता गाेबिन्द प्रसाद शर्माको विशिस्ट अतिथिमा भएको कार्यक्रममा आधा दर्जन व्यतित्वहरुलाई सम्मान गरिएको छ ।
एशोसिएसनले भर्खरै वरिष्ठ उपाधीबाट सम्मानित हुनु भएका अधिवक्ता लाेक बहादुर शाह, शालिकराम सापकोटा, धुर्ब प्रसाद बस्याल, राम बहादुर खड्कालाई सम्मान गरेकाे हो । यसैगरी कार्यक्रममा नेपालगन्ज उच्च अदालत बार एशाेसिएसनको भवन निर्माण लगायत कार्यमा सहयोग गरेबापत चार जनालाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा अधिवक्ता जनक बहादुर शाही, अधिवक्ता पदम पान्डे, अधिवक्ता विकास आचार्य र अधिवक्ता तिर्थराज ज्ञवालीलाई सम्मान गरेको छ । नेपालगन्ज उच्च अदालत बार एशाेसिएसनका अध्यक्ष अघिवक्ता चित्र बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नेपालगन्ज उच्च अदालत बार एशाेसिएसनका सचिव गणेश प्रसाद शर्माले गरेका थिए ।
