नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड छनौट तथा ७औं पालिका स्तरीय अन्तर विद्यालय अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र पारेकोको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिकाको आर्थिक सहयोगमा यही पुस ७ दखि ९ गतेसम्म ३ दिन सम्म चल्ने प्रतियोगिता तयारी तीब्र पारेको हो ।
जानकी गाउँपालिका वडा नम्वर-३ स्थित नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा भलिवल, कबड्डी तथा एथलेटिक्स (ट्रयाकतर्फ) १०० मिटर दौड, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर दौड हुनेछन् ।
त्यस्तै रिले र हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत सञ्चालन हुनेछ । प्रतियोगितामा पालिका मातहतका ३९ ओटा विद्यालय मध्ये ११ ओटा विद्यालयका आधारभूत तह र मावि तहका छात्रछात्राहरुले सहभागी गराइने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले बताइन् ।
प्रतियोगितामा श्री जानकी मावि खजुराखुर्द, श्री नेरा मावि. भटनपुरवा, श्री मावि. बन्जारेगाउँ, श्री मावि. जाेगगाउँ, शिवपुरी मावि, नेराआवि गुरुवागाउँ, श्री नेरा.कन्या आवि मानपुर, बालविकास इंग्लिश मिडियम स्कुल, ब्राइटस्टार इंग्लिश मिडियम स्कुल,जनसेवा इंग्लिश मिडियम स्कुल र जनसहयोग आवासिय विद्यालयलाई सहभागी गराइएको छ ।