Close sidebar

इस्लाम धर्मावलम्बीले धुमधामका साथ मनाए ‘मोहम्मद डे’

२०८१ भाद्र ३१ गते, सोमबार १२:५९

मो. ताहिर शेष राई (साहिल)
नेपालगञ्ज । इस्लाम धर्मका अन्तिम प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्ललाहु अलैहि वसल्लमको १४९९ औं जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’ बाँकेको नेपालगन्जमा धुमधामका साथ सम्पन्न भएको छ ।

मोहम्मद डे का अवसरमा सोमबार बिहानैदेखि स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको मोहम्मदी जुलुस वडा प्रहरी कार्यालय रोड, फुल्टेक्रा रोड, एमपी स्कुल, रानीतलाउ, त्रिभुवन चोक, विपी चोक, धम्बोझी चोक, घरबारीटोल हुँदै पुनः गौसिया मस्जिदमा पुगेर सम्पन्न  भएको हो ।
अरेबिक पात्रो १४४६ हिजरी सम्वतको तेस्रो महिना रबिउल अव्वलको ११ तारीखको मध्यरातमा हजरत मोहम्मद मुस्तफा सल्ललाहु अलैहि वसल्लाम जन्मिएको खुस्यालीमा रबिउल अव्वल महिनाको १ तारिखदेखि मुस्लिम समुदायले घर-घरमा मदिनाको फोटो भएको झण्डा फहराउने, झिलिमिली बत्ती लगायतले सजावट गरि ११ तारिखका दिन मिठो खाने कुराहरुमा मिलाद, फातिहा गराउने सोको भोलिपल्ट १२ तारीखका दिन मोहम्मदी जुलूस नगर परिक्रमा गरी ‘मोहम्मद डे’ सम्पन्न भएको मुस्लिम अगुवा मेराज अहमद हिमालले बताए ।
मोहम्मद डे को अवसरमा नेपालगन्ज उपमहानगर पालिका, जानकी, खजुरा र नरैनापुर गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । यस्तै मोहम्मद डे को अवसरमा गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरि मुस्लिम समुदायका लागि मात्र सार्वजनिक विदा दिएको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया