Close sidebar

पेट्रोल र डिजेलको मूल्य घट्यो

२०८१ भाद्र ३१ गते, सोमबार ०१:५२

काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरात १२ बजेदेखि लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोल प्रति लिटर ४ रुपैयाँ र डिजेल टथा मट्टीतेलको प्रति लिटर ५ रुपैयाँ मुल्य घटेको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेर आएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६.५० रुपैया र डिजेलको मूल्य १४६.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५८ र डिजेलको मूल्य १४८ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया