Close sidebar

जानकीका शिक्षकहरुका लागि प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न

२०८१ भाद्र २८ गते, शुक्रबार ००:००

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि चार दिने आधारभूत प्राथमिक उपचार तालिम नेपालगन्जमा सम्पन्न गरिएको छ । वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा उक्त तालिम औपचारिक कार्यक्रम बिच बिहिबार सम्पन्न गरिएको हो ।तालिममा प्राथमिक उपचार सम्बन्धि विषय वस्तुका बारेमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासको माध्यमबाट सिकाइएको थियो । दुई चरणमा सञ्चालित उक्त तालिममा विद्यालय र मदरसा गरि ४१ जना शिक्षक सहभागी रहेको जानकी गाउँपालिका शिक्षा शाखाकि सहायक प्राविधिक झुमी कुमारी ओलीले बताइन ।तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगी, वरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, लेखाअधिकृत झबिलाल शर्मा, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया