Close sidebar

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ भाद्र १५ गते, शनिबार २२:३८

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार बिहान १ बजेदेखि लागु हुने गरि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १ रुपैयाँका दरले मूल्य घटाएको हो ।

अब नयाँ मूल्य अनुसार पहिलो वर्ग :
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगन्जमा पेट्रोल प्रतिलिटर १६०.५० रुपैया र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५१.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै दोस्रो वर्ग:
सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैया र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्ग: काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैया र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५४ रुपैयाँ कायम भएको छ । भने एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया