
नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनवृति प्रतियोगितामा पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ । प्रतियोगितामा सहभागी भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख प्रथम भएको हो । प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानो शाहले समेत सहभागिता जनाउनुभएको थियो । लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक÷एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागि सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाणपत्र नगद वितरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुर्मीले महिलाहरुको क्षमता बृद्धिका लागि यस खाले प्रतियोगिता गरिन आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रमले महिला पत्रकारहरुमा उत्प्रेरणाको भवाना समेत विकास हुने मन्त्री कुर्मीले बताउनुभयो । युनियन बाँकेले शुरु गरेको यो कार्यक्रमलाई आफुले सक्दो सहयोगसमेत गर्ने उहाँले बताउनुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यो कार्यक्रम राम्रो रहेको र यसलाई युनियनले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि अन्य कार्यक्रमहरु बनाउन युनियनलाई अनुरोध गर्नुभयो । महिला पत्रकारहरुको क्षमता अभिबृद्धि हुने अभिप्रायले नेपाल प्रेस युनियन बाँकेले गतवर्षदेखि महिला पत्रकार लेखनबृति प्रतियोगिता आयोजना गर्दै आएको छ ।


यसैगरी नेपाल प्रेस युनियनको शनिबार नेपालगञ्जमा सकिएको साधारण सभाले निर्माण गर्ने निर्णय गरिएको एनपियू कल्याण कोषका लागि मन्त्री कुर्मीले ११ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यस्तै साँसद पुनले ५ हजार १ सय, नेपालगञ्ज हेल्थ क्याम्पसकी पदमा थापाले ५ हजार १ सय, नेपाल तरुण दल जिल्ला सदस्य एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठन बाँकेका अध्यक्ष वीरेन्द्र सिंह ठकुरीले १० हजार १ सय ११ र नेपाल उद्योग वाणिज्य महासंघकी महिला विकास सदस्य रचना श्रेष्ठले ५ हजार १ सय रुपैया कल्याण कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, सदस्य गौरव गिरी, नेपाली काँग्रेस महासमिति सदस्य डा.शुरेस कुमार कनोडिया, लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, बाँके जिल्ला सहसचिव रेनु सिंह ठाकुर, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, सदस्य सरला सुवेदी, महासंघ बाँके उपाध्यक्ष शाह, क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष गिरी, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, बाँके अध्यक्ष रुपनी जिएम, नेपाली काँग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायतको उपस्थिति रहेको कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको सचिव भिष्म लोधले जानकारी दिनुभयो ।
