
मो. ताहिर शेष राई ‘साहिल’✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको चहेल्लम पर्वको हुसैनी जुलुस आज राती निकालिने भएका छन । इराकस्थित कर्बलाका शहीदहरुको सम्झनामा मनाइने मोहर्रम पर्वको ४० दिनपश्चात चहेल्लमको हुसैनी जुलुस बाजागाजा र ताजिया सहित नेपालगन्जमा निकालिने भएका हुन ।
इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद (सल.) का नाती हजरत इमाम हुसैन सहित उहाँका परिवारका सदस्य, आफन्त र साथीहरु लगायत शताब्दियौ अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा हरेक वर्ष मोहरर्म पर्व मनाउँदै आएका छन ।
चहेल्लमको अवसरमा आज (मंगलबार) राती नगरको विभिन्न स्थानमा ताजिया स्थापना गरि आजै राती बाजागाजा र ताजिया सहित हुसैनी जुलुस पनि निकालिने कार्यक्रम रहेको बताइएको छ । यसैगरी फुल्टेक्रास्थित स्थानीय कर्बलामा बुधबार ताजिया विसर्जन गरि चहेल्लम पर्वका सम्पूर्ण कार्यक्रम सम्पन्न गरिने छ ।
