Close sidebar

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

२०८१ भाद्र १० गते, सोमबार १०:५५

नेपालगन्ज । आज भाद्र कृष्ण अष्टमी, भगवान श्रीकृष्णको पूजा आरधना गरी कृष्ण जन्माष्टमी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ । नेपालगन्जस्थित कृष्ण मन्दिर र देशभरका अन्य कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि भगवान श्रीकृष्णको ५२४३ औं जन्मदिनको अवसरमा आज राती नेपालगन्जको त्रिभुवन चौक पूर्वलाईनस्थित श्रीकृष्ण जन्माष्टमी महोत्सव मनाउने तयारी गरिएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया