Close sidebar

जानकीमा डकैतीमा संलग्न समूहमध्ये दुई भारतीय नागरिक पक्राउ

२०८१ जेष्ठ १ गते, मंगलवार ०५:३४

नेपालगञ्ज । डकैतीमा संलग्न समूहमध्ये दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले डकैतीमा संलग्न समूहमध्ये दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार डकैतीमा संलग्न भारतको बहराईच खैरीघाट नमावङ्गलाका ५५ वर्षीय मनेश्वर गोडिया र ५२ वर्षीय कुलेराज कुर्मी पक्राउ परेका हुन् ।

उनीहरुले गत चैत्र २६ गते राती बाँकेको जानकी गाउँपालिका वडा नं–४ स्थित जानकी नगरकी दुर्गा कुमारी दमाईको घरमा डकैती गरेको प्रहरी प्रवक्ता डाँगीले जानकारी दिनुभयो । घरमा रहेको पसलबाट सामान चाहियो भनेर ढोका खोल्न लगाएर ७/८ जनाको समूहमा उनीहरुले डकैती गरेका थिए ।

ढोका खोल्न लगाएर जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारको मुख कपडाले छोपी हात बाँधेर घरमा रहेको गरहना, मोबाईल, पसलको सामान र नगद लुटेर भागेका थिए ।

अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई तीन दिनको म्याद थप गराइएको छ । घट्नामा संलग्न थप दुई व्यक्तिहरुको पहिचान भइसकेकोले खोजतलास भइरहेको बाँके प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया