Close sidebar

एनसेल र एन्टिसिले (ईद)को नेपाली समाजलाई शुभकामना धुन राखेप्रती नागरिक आधिकार मंच बाँकेद्वारा आभार व्यक्त 

२०८० चैत्र २९ गते, बिहीबार ०२:२९

नेपालगन्ज । इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईद–उल फित्र (ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वी लगायत सम्पूर्ण नेपाली समाजलाई नागरिक आधिकार मंच बाँकेले शुभकामना व्यक्त गरेको छ ।

नागरिक आधिकार मंच बाँके जिल्ला अध्यक्ष समीर अलि सल्मानीले शुभकामना सन्देश दिँदै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको जिकिर गरे । बहुधार्मिक र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनले बताए ।

लामो संघर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धी हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरुको सम्बोधन तथा नयाँपनलाई समेत अविलम्ब गर्ने आधार निर्माण संविधानले गरेको छ ।

यस्तै इस्लाम धर्मावलम्वीहरुको महान पर्व पर्व ईद–उल फित्र (ईद)को पावन अवसरमा Ntc र Ncell मा ईद धुन बजाईएकोमा नेपाल सरकार, Ntc, Ncell र धुन बजाउन पहल गर्ने अबुल हुसेन अन्सारी लगायत सबैमा हार्दिक धन्यवाद समेत अध्यक्ष सल्मानीले ब्यक्त गरे ।

आज (बिहिवार) नेपालगन्जको बिपि चौकस्थित ईदगाहमा विहान ८ बजे ईद–उल फित्र (ईद)को नमाजपछि भाईचाराको सन्देश दिँदै विभिन्न धर्मवलम्बीका अगुवाहरु उपस्थित भई एक अर्कालाई अङ्कमाल गरेर बधाई तथा खुसयाली साटासाट गर्ने छन । ईदको दिन मुस्लिम समुदाय आफ्ना इस्टमित्र सङै सेवई, फुल्की, जर्दा, बिर्यानी लगायत विभिन्न मिठो परिकार खाने गर्दछन् ।

अरबिक पात्रोको अनुसार रमजान नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकरीद अर्थात् इद-उल अजहा पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु (हज)का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् । नेपाल सरकारले आज ईद पर्वको सार्वजनिक बिदा समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया