Close sidebar

भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा बाँकेका पाँच जनाको मृत्यु

२०८० चैत्र २७ गते, मंगलवार २३:५८

नेपालगन्ज । छिमेकी देश भारतको नैनीतालमा गएराती भएको सवारी दुर्घटनामा बाँकेका ५ जनाको मृत्यु भएको छ । मुत्यु भएकामध्ये बाँकेको बैजनाथ गाउँपालिका फत्तेपुरस्थित चाँदनी चोकका ५ जना रहेको भारतीय प्रहरीलाई उधृत् गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले जानकारी दिए ।

प्रजिअ पोख्रेलका अनुसार फत्तेपुरका ५० वर्षीय उदय राम चौधरी, ४१ वर्षीय तिलक चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ६० वर्षीय बिनोद चौधरी र ४५ वर्षीय धिरज चौधरीको मृत्यु भएको हो । यस्तै बर्दिया बबई चेपाङका ६० वर्षीय तोक बहादुर र उच्चकोट दोलालघाटका ४० वर्षीय रमेश चन्द्रको पनि दुर्घटनामा मृत्यु भएको छ ।

सोमबार राति करीब साढे १० बजेतिर नैनिताल नजिकैको बेतालघाट क्षेत्रको मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको थियो । सो दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । भने दुई नेपाली मजदुर गम्भीर घाइते भएका छन । उनीहरुलाई उच्च केन्द्रमा रिफर गरिएको छ ।

दुर्घटनामा मृत्यु भएका र घाइते भएका सबै नेपालीहरु भारतको जल जीवन परियोजनामा काम गर्ने मजदुरहरु भएको र घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । गाडीमा चालक भारतको ओडाबासकोट निवासी हरिरामका छोरा राजेन्द्र कुमार बाहेक नौ नेपाली कामदार रहेको भारतीय प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया