Close sidebar

तेस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी गुडलकलाई

२०८० माघ २३ गते, मंगलवार ०२:५६

नेपालगन्ज / ‘हाम्रो अभियान वडा भित्रका खेलाडी पहिचान’ भन्ने नाराका साथ एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजना र जानकी गाउँपालिका २ नं. वडा कार्यालयको सहकार्य तथा सहयोगमा बेलभार स्थित भएको तेस्रो वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी गुडलक क्रिकेट क्लब बेलभारले जितेको छ । आइतबार भएको फाइनल खेलमा गुडलक क्रिकेट क्लब बेलभारले टाइगर क्रिकेट क्लब बेलभारलाई ८ रनले हराउँदै उपाधी जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गुडलक क्रिकेट क्लब बेलभारले निर्धारित ८ ओभरमा ४ विकेटको क्षतिमा ७८ रनको योगफल तयार गरेको थियो । सो योगफलमा गुडलकका सूरजले १० बलमा १६ रन र रुपसिंहले ७ बलमा ११ रनको योगदान दिए । टाइगरका प्रदीप कहारले र शिवा कस्यपले १/१ विकेट लिए ।

७९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको टाइगर क्लब बेलभारले निर्धारित ८ ओभरमा ३ विकेटको क्षतिमा ७० रन बनाएको थियोे । सो योगफलमा शिवा कस्यपले २६ बलमा नट-आउट ३९ रनको पारी खेले पनि आफ्नो टीमलाई हारबाट जोगाउन सकेनन् । गुडलकका अर्जुनसिंह र रुपसिंहले १/१ विकेट लिए । गुडलकका अर्जुनसिंह प्लेयर अफ द फाइनल घोषित भए ।

प्रतियोगितामा गुडलकका रूपसिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । विजेता टीमले १५ हजार, उपविजेता टीमले ७ हजार ५ सय ५१ रुपैया पुरस्कार हात पारे । विजेता र उपविजेता टीमलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । प्रतियोगितामा अम्पायरको जिम्मेवारी जुनेद खान र अफाक शेषले उठाएका थिए, भने अबरार शेष स्कोररको भूमिकामा रहेका थिए ।

जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताको प्रमुख अतिथी र एकता शिक्षा समाज कल्याण संस्था बाँकेका अध्यक्ष सकील अहमद राईको अध्यक्षतामा भएको प्रतियोगितामा वडा नं. २ का वडा सदस्य अम्मर ब. थापामगर, सोनापती सिखनी, एकता शिक्षा समाज कल्याण संस्था बाँकेका कोषाध्यक्ष उमेश नाथ मिश्रा लगायतले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया