
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सब-इन्जिनियर रमिता रावलको निधन भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ५ लयाँटी घर भएकी सब-इन्जिनियर रावलको निधन भएको हो ।
रावल लामो समयदेखी क्यान्सर रोगबाट पीडित थिइन । उनलाई पाठेघर र आन्द्राको क्यान्सर थियो । नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको मंगलबार बिहान निधन भएको हो ।
रावलको निधनप्रति शोक ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सबै कार्यालय आज बन्द गरिएको थियो ।
