
जमुनहा, बाँके / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनहा नाका चेक पोस्टस्थित शनिबार अन्दाजी साँझ साढे ५ बजेको समयमा आलूको बोकाभित्र लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको क.प्र.००२ प, ३७६० नम्बरको ‘२२० सीसी’ पल्सर मोटरसाइकलमा आलूको बोका भित्र आलूको दाना काटी आलूको प्वाल (दूलो) बनाई ब्राउन सुगर जस्तो देखिने पदार्थ अन्दाजी ६ ग्राम सहित महेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने २९ वर्षीय तीर्थ राज पन्थ र भारतको रुपैडिहास्थित घसियारन टोल बस्ने २५ वर्षीय अनवर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय जमुनहाबाट खटिएको प्रहरी टोलि र लागूऔषधबाट खटिएको टोलिले संयुक्त चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको जमुनहा चेक पोस्टस्थित प्रहरीले जनाएको छ ।
