Close sidebar

धम्बोझी चोक नजिकै ट्यांकरको ठक्करबाट एक जना युवतीको घटनास्थलमै मृत्यु

२०८० मंसिर १० गते, आईतवार १९:४७

नेपालगञ्ज / ट्यांकरको ठक्करबाट नेपालगञ्जमा आज एकजना युवतीको मृत्यु भएको छ । आइतबार साँझ धम्बोझी चोक नजिकै जेब्राक्रसिङ्गमा ना ३ ख ८८५२ नम्बर ट्यांकरले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपालगञ्ज वडा नं. १७ थुकैलागाउँ निवासी दिलिप पाठककी १७ बर्षीया छोरी सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार बुवाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियोे । घाइते मोटरसाइकल चालकको नेपालगन्ज मेडिकल कालेजमा उपचार भैइरहेको डिएसपी डाँगी बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया