
काठमाडौं / नेपालमा आजबाट नै टिकटक बन्द हुने बताइएको छ । ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ आजबाट नै बन्द गराउने सरकारले निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराउनुभयो ।
‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन् । यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरिएको छ,’ सरकारका प्रवक्ता शर्माले भन्नुभयो ।
उहाँका अनुसार सञ्चार मन्त्रालयलाई यसका लागि निर्देशन दिइएको छ । उहाँले बन्द गराउनका लागि प्राविधिक काम भइरहेकाले आज सोमबारबाट नै बन्द हुन सक्ने पनि बताउनुभयो । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ । (अलबिदा टिकटक) ।
