नेपालगन्ज / भेरी अस्पताल नेपालगन्जको सम्पूर्ण ओपिडी सेवा आज देखि बन्द भएको छ । नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा शनिबार देखि बिहिवार सम्म अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द भएको अस्पतालले जनाएको हो ।
भेरी अस्पतालका नि. मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश कुमार चौधरीले शुक्रबार एक सूचना जारी गरि कार्तिक ४ गतेदेखि ९ गतेसम्म दशैं बिदा परेकाले अस्पतालको सम्पूर्ण ओपिडी सेवाहरु बन्द रहने र इमरजेन्सी र इन्डोर लगायतका अन्य सेवाहरु यथावत रुपमा सन्चालनमा रहने बताइएको छ ।