Close sidebar

रामलीला मञ्चनको आजको सम्पूर्ण कार्यक्रम स्थगित

२०८० आश्विन २९ गते, सोमबार २०:४४

बाँके / नेपालगन्जमा जारी रामलीला आजका लागि स्थगित गरिएको छ । केही बेर अघि आएको हावाहुरी र पानीको कारण मैदान हिलाम्मे भएपपछि रामलीला मञ्चनको सोमबारको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको रामलीला सन्चालक समितिले जनाइएको हो ।

हावाले रामलीलामा लगाइएको टेण्ट समेत बिगारेको, मन्च अगाडी बस्ने ठाउँ हिलो भएकोले मञ्चन हुन नसक्ने परिस्थिति सिर्जना भएको सन्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले जानकारी दिनुभयो । नेपालगञ्ज – १३ स्थित रामलीला मैदानमा आइतबारदेखि रामलीला सन्चालनमा रहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया