नेपालगन्ज / नेपालगन्जस्थित धम्बोझी चोक नजिक रहेकोे सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको क्षेत्रीय कार्यालय आजबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ स्थित बसपार्क बाइपासमा सरेको छ ।
नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक गिरिजा प्रसाद कोइरालाको प्रमुख अतिथिका रुपमा आइतबार औपचारिक कार्यक्रमकाबीच रिबन काटेर सो बैंकको उद्घाटन गर्नुभएको हो ।
ग्राहकहरू समक्ष बैंकिङ सेवाको पहुँच र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले क्षेत्रीय कार्यालय सारेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा बैंकका क्षेत्रीय प्रबन्धक खड्काले क्षेत्रीय कार्यालय मार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरूमा पनि बैंकले सेवाग्राहीहरुलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने बताउनुभयो ।
क्षेत्रिय कार्यालय अन्तर्गत बाँके, बर्दिया, दाङ, सुर्खेत, हुम्ला, जुम्ला गरि ६ जिल्लाका २५ वटा शाखा कार्यालय रहेको त्रिभुवन चोक शाखाका प्रबन्धक नागेश्वर गुप्ताले जानकारी दिनुभयो ।
