काठमाडौँ / मनाङ एयरको हेलिकप्टर आज बिहान दुर्घटनामा परेको छ। शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको हो ।
मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चे बजारतर्फ जाँदै थियो । हेलिकप्टरमा पाइलट प्रकाश सेढाइँ एक्लै थिए ।
दुर्घटनामा पाइलटको अवस्थाबारे औपचारिक रुपमा जानकारी आइनसकेको मनाङ एयर स्रोतले बताएको छ । थप जानकारी आउँन अझै बाँकी छ ।
