Close sidebar

बाँकेमा (सिडिओ) आचार्यसँगै प्रहरी प्रमुख (एसपी) राठौरको पनि सरुवा

२०८० आश्विन २५ गते, बिहीबार २२:३४

नेपालगन्ज / धार्मिक र साम्प्रदायिक दंगा मुख्य सुरक्षा चुनौत देखिएको दुई जिल्लामा प्रमुख जिल्ला अधिकारीसँगै प्रहरी नेतृत्व पनि परिवर्तन गरिएको छ । बिहीबार गृह मन्त्रालयले बिहान सर्लाही र बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई हटाएर नयाँ सिडिओ पठाएको छ । सर्लाहीमा कोमलप्रसाद धमला र बाँकेमा श्रवणकुमार पोखरेललाई पठाइएको हो ।

लगत्तै प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेमा सुवासचन्द्र बोहरालाई पठाएको छ भने जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्रविण धिताललाई पठाएको प्रधान कर्यालय स्रोतले जनाएको छ । यसअघि बाँकेमा सन्तोषसिंह राठौर र सर्लाहीमा नरेशराज सुवेदी प्रहरी प्रमुख थिए ।

केही दिनअघि सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा धार्मिक विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच दंगा भड्किएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रशासनले कर्फ्यू आदेश समेत जारी गर्नुपरेको थियो । सो दंगामा प्रहरी प्रशासनको कमी कमजोरी माथि ठाडो प्रश्न उठेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया