
मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँले आयोजना गरेको ३ महिने आधारभूत कम्प्युटर कोर्षको आज एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरि सम्पन्न गरिएको छ । सीप सिकौं आत्मनिर्भर बनौं भन्ने मूल नारासहित कम्प्युटर कोर्षमा सहभागी ९ जना छात्रा र ५ जना छात्र गरि १४ जना विद्यार्थीहरुलाई आइतबार खादा टीका लगाएर प्रमाणपत्र वितरण गरि कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले अहिलेको आधुनिक, डिजिटल र वैज्ञानिक युगमा कम्प्युटरको ज्ञान अतिआवश्यक रहेको र सीपको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे । उहाँले मुल्यांकन गर्दै विद्यालयको स्नातकोत्तर एवं विकास लागि गाउँपालिकाले दसलाख बराबरको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कम्प्युटर कोर्ष कार्यक्रमको समापन गर्दै विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले गाउँपालिकालाई धन्यवाद र विद्यार्थीहरुलाई शुभकामना दिँदै यस्ता योजनाले विद्यार्थीहरुलाई टेवा पुगोस् भनी विद्यालयको विकासका लागि गाउँपालिका अध्यक्षसँग आग्रह गर्नुभयो । उहाँले छात्र-छात्राहरुको उज्ज्वल भविष्य बनाउन र विद्यार्थीहरुलाई थप टेवा पुर्याउने उद्देश्यले यो कम्प्युटर तालिमको आयोजना गरिएको प्रअ राईले बताउनुभयो ।
जानकी गाउँपलिका अध्यक्ष छब्बन खाँको प्रमुख अतिथित्व र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हल्वाईको विशिष्ट अतिथिमा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक मिरा सुवेदीले गरेकी थिइन । भने कम्प्युटर कोर्षका प्रशिक्षण विद्यालयका कम्प्युटर अपरेटर सकिल अहमद राईले दिएका थिए ।
कार्यक्रममा सामाजिक विकास संयोजक रामअचल धोबी, वडा नम्बर १ का वडा सदस्य इब्राहिम हल्वाई, हौसिलाल काँदु , का.बा. अध्यक्ष एवं वडा नम्बर ५ का वडा सदस्य मो. सरीफ खाँ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, गापा. अध्यक्षको सल्लाहकार सोहराब दर्जी, अभिभावक, शिक्षक र कर्मचारी लगायतको उपस्थिति थियो ।
