
नेपालगञ्ज / नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत वस्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ विजयी भएका छन् । वस्तुगततर्फ २९ मत रहेकोमा स्वतन्त्र उम्मेदवार गुरुङ १६ मत ल्याई विजयी भएका हुन ।
त्यस्तै साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५/१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ । यसैगरी (एशोसिएट) तर्फको सदस्यमा कमलकुमार कार्की र प्रदिपकुमार गुप्ता पनि विजयी भएका छन ।
टंक धामी नेतृत्वको समावेशी समुहबाट लडेका कार्कीले १ सय ११ मत र ललित रौनियार साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहबाट लडेका गुप्ताले ८८ मत प्राप्त गरि निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धी पुरुषेत्तम अग्रवालले ५८ र सञ्जय अग्रवालले ४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
नेपालगन्जस्थित रंगशालाको कबर्डहलमा आइतबार बिहान आठ बजेदेखि मतगणना शुरु हुने भनिए पनि प्राविधिक समस्याको कारणले मतगणना दश बजे देखि शुरु भएको थियोे । अहिले संघको खुला तर्फका सदस्यहरुको मतगणना भइरहेको छ । समावेशी प्यानलका अधिकांश सदस्यहरु अग्रता लिएका छन । सदस्य पदको मतगणना पश्चात पदाधिकारीको गणना गरिने निर्वाचन अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए ।
