Close sidebar

नेपालगन्जमा डंगुर फोहोर : कसले उठाउने, को जिम्मेवार ?

२०७९ बैशाख ७ गते, बुधबार १५:२८

मो. अरशद शेष राई✍️
नेपालगन्ज । स्थानीय तहको निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिहरु आफ्नो चुनावी अभियानमा सक्रिय हुँदा नेपालगन्ज शहर दुर्गन्धित बन्न पुगेको छ । मेयर डा. धवल शम्शेर राणा राप्रपाको देशव्यापी अभियानमा केन्द्रीत भएका छन् भने उपमेयर उमा थापामगर पनि नेपालगन्ज छाडेर काठमाडौं धाइरहेकी छिन् ।

नेपालगन्ज उपमहानगरपालिकाको जिम्मेवारी लिएका मेयर र उपमेयरले आफ्नो निहीत स्वार्थमा केन्द्रीत हुँदा कर्मचारीहरुको मनोपली चलिरहँदा शहरको फोहोर उठ्न सकेको छैन् । जस कारण नेपालगन्ज शहर दुर्गन्धित बन्न पुगेको हो ।

गर्मीयाममा नेपालगन्जका विभिन्न ठाउँमा यसरी सडकभरी फोहोर थुपारिँदा सरुवा रोगको संक्रमणको जोखिम बढेको छ भने अर्काेतिर सडकमा हिड्ने सर्वसाधारण नाक मुख छोपेर हिड्नु पर्ने अवस्था समेत देखिएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक र पर्यटकिय नगरी नेपालगन्जमा आउने मानिसहरुले नगरभित्रको फोहार व्यवस्थापन नहुँदा दुर्गन्धित नेपालगन्ज भनेर उछितो काट्ने गरेका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया