Close sidebar

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध नेपालगन्जमा प्रभातफेरी

२०८० असार ११ गते, सोमबार १४:२१

नेपालगन्ज / लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतना फैलाउन नेपालगन्जमा आज प्रभातफेरी कार्यक्रम गरिएको छ । ३६ औं लागू औषध बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार गृह प्रशासन तथा लागू औषध दुर्व्यसनि विरुद्ध क्रियाशील संघसंस्थाको आयोजनामा बृहत प्रभातफेरी कार्यक्रम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको प्रङ्गणबाट सुरु भएको प्रभातफेरी सदरलाई त्रिभुवन चोक, न्युरोड, सेतु बिक चोक हुँदै धम्बोझी चोकमा पुगेर कार्यक्रम समापन गरिएको थियो । प्रभातफेरीमा सहभागीहरुले लागू औषधको दुर्व्यसन र ओसारपसार विरुद्ध विभिन्न जनचेतना मूलक ब्यानर, प्लेकार्ड प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) नारायण प्रसाद डाँगीले जानकारी दिनुभयो ।

जुन २६ तारिखका दिन हरेक वर्ष अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । विश्व समुदायलाई लागू औषधको असर र कारोबारबाट मुक्त गराउने मुख्य उद्देश्यसहित मनाइँदै आएको दिवसको यस वर्षको मुल नारा ‘लागू औषध बिरुद्धको एक्यवद्धता, व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने रहेको छ ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका अधिकृत तथा जवान, सशस्त्र प्रहरीका अधिकृत तथा जवान, लागू औषध बिरुद्ध काम गर्ने बिभिन्न निकाय तथा संघ सस्था, विभिन्न स्कुलका विद्यार्थी, समाजसेवी र सन्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया