Close sidebar

हजरत अली र हजरत फातिमाको नाममा शरबत बाँडियो

२०८० असार ५ गते, मंगलवार २१:३२

भारत / इस्लामिक सेन्टर अफ वर्ल्ड फेडरेशन नेपाल र जाहरा फाउन्डेसनले आज भारतको नानपारामा सर्वसाधारणलाई शरबत वितरण गरिएको छ । हजरत अली (र.अ.) र पैगम्बर मोहम्मद साहबको प्यारी छोरी हजरत फातिमा जाहराको विवाहको सम्झनामा मङ्गलबार शरबत वितरण गरिएको हो ।

शरबत वितरण उद्घाटन कार्यक्रममा नेपाल र भारतका वक्ताहरुले आपसमा भाइचारा स्थापित गर्ने, एकता सुदृढ गर्ने र हजरत जाहराको जीवनीलाई समाजमा फैलाउने र समाजमा प्रेम र सुधारका लागि जोड दिएका थिए ।

उक्त सामाजिक सेवा कार्यक्रममा अब्दुल वाहिद अध्यक्ष नानपारा, हाजी अब्दुल हमिद सिद्दिकी (भोला) पूर्व सांसद नेपाल, हाजी अब्दुल कादिर अन्सारी पूर्वहज कमिटी नेपाल, डा. जैनुल अबेदिन इस्लामिक विद्वान, मुस्तफा अली खान अन्तर्राष्ट्रिय पत्रकार महासंघ, कादिर नवाब नानपारा, डा. जिशान कादिर नानपारा, रईस अहमद नानपारा र रजी हैदर नानपारा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल र भारतका उल्लेखनीय पत्रकारको सहभागिता रहेको र आ–आफ्नो निकायमा कभरेज समेत गरेका छन ।

                                        – डा. जैनुल अबेदिन

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया